काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थान हाँसिल गरेका छन् । बिहीवार अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावले एकल अग्रता बनाउन सफल भएका हुन् । सद्भावले तेस्रो दिन पनि ७–अण्डर ६५ को उत्कृष्ट स्कोर…