काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने दाउमा रहेको…