काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी-२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन् । नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दै छ । त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको…