Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । सोमबार क्यानमा बसेको बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको हो ।