काठमाडौं । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलको अतिरिक्त समयमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । ९० मिनेटको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटमा एक गोल…