१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


एसिसि प्रिमियर कप : नेपाल र साउदी अरेबिया भिड्दै


468
Shares

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान पौने १२ बजेबाट शुरु हुनेछ ।

यसअघिका तीन खेल जितिसकेको नेपाल एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि नेपालले कतार, मलेसिया र हङकङलाई पराजित गरेको थियो ।

समूह एमा नेपालसँगै साउदी अरेबिया, कतार, मलेसिया र हङकङ छन् । समूह बिमा भने तीनमा तीन वटै जित निकालेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ ।

त्यस्तै समूह बिमा कुवेत, युएई, बहराइन र कम्बोडिया रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा विजेता दुई टोलीले फाइनल खेलेसँगै फाइनलमा पनि विजेता टोलीले एशिया कप टि २० प्रतियोगितामा स्थान बनाउनेछ ।