
Oplus_16908288
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा पुनः नियमित भएको छ ।
सोमबार राति करिब ११ बजे ठूलो सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक मंगलबार बिहान पौने ८ बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
पहिरोका कारण तिहार मनाउन घर जाने र पर्व सकेर फर्किने यात्रुहरू बाटोमै रोकिएका थिए । सडक अवरुद्ध भएपछि उक्त खण्डमा सवारीसाधनको लामो लाइन लागेको थियो ।
यसअघि पनि सोमबार सोही सडकखण्डमा पहिरो खसेर यातायात प्रभावित बनेको थियो ।









प्रतिक्रिया दिनुहोस्