११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

रियाल मड्रिड र बायर्न म्युनिख सेमिफाइनलमा

1.027k
Shares

काठमाडौं । रियाल मड्रिड र बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वार्टरफाइनल दोस्रो लेगको खेलमा इंग्लीश टोली म्यान्चेस्टर सिटीलाई पेनाल्टी शुट आउटमा हराउँदै रियाल मड्रिड सेमिफाइनलमा उक्लेको हो ।

पहिलो लेगमा ३–३ गोलको बराबरी खेलेका रियाल मड्रिड र म्यान्चेस्टर सिटीले दोस्रो लेगमा एक एक गोलको बराबरी खेले । रियालका रोड्रिगोले सुरुवाती गोल गर्दा सिटीका केभिन डे ब्रायनले एक गोल फर्काए । समग्रमा खेल ४–४ गोलको बराबरी भएपछि टाई ब्रेकरमा रियाल मड्रिड ४–३ ले विजयी भयो ।

बुधबार राति भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इंग्ल्याण्डको आर्सनललाई १–० ले हरायो । पहिलो लेगमा २–२ गोलको बराबरी खेलेको आर्सनल गएराति भने पराजित हुनपुग्यो । गएरातिका खेलसँगै च्याम्पियन्स लिगमा सेमिफाइनल समिकरण पूरा भएको छ ।

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सेमिफाइनलमा जर्मनीको बोरुसिया डर्टमण्ड र फ्रान्सको पि.एस.जी तथा जर्मनीको बायर्न म्युनिख र स्पेनको रियाल मड्रिड भिड्नेछन् ।