काठमाडौं । मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा बुधबार नेपाल र कुवेत भिड्दैछन् । पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल बुधबार पनि सोही लय दोहोर्याउन चाहन्छ । मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबाार भएको खेलमा हङकङले दिएको ८५ रनको विजयी लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै…