काठमाडौं । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मलेसियाको बाँगीमा भएको क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो । कुवेतले प्रस्तुत गरेको ५० रनको लक्ष्य नेपालले मात्र ६ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको…