काठमाडौं । आइसिसि पुरुष विश्वकप क्रिकेट लिग टु को खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । सन् २०२७ सम्म चल्ने लिग टु साइकलको यो पहिलो श्रृंखलाको छैटौं खेल हो । किर्तीपुर मैदानमा आइतबार बिहान सवा ९ बजे सुरु हुने यो खेल जित्दै नेपाल तालिकामा शीर्ष स्थानको नामिबियासँग दुरी घटाउन चाहन्छ । काठमाडौंमा जारी त्रिदेशीय श्रृंखलामा…