काठमाडौं, भदौ ३१ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको सरसफाइ भएको छ । नेकपा माओवादी केन्द्रका भातृसंगठन अखिल क्रान्तिकारीको आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिटतर्फ पलाएका सबै झार नस्ट गरियो । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशालामा झाडी उम्रिएर कुरुप भएकाले आफू सरसफाइमा लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।…