लेष्टर सिटीले गर्‍यो विजयी सुरुवात, अर्को खेलमा अगुएरोको ह्याट्रिक • Image Khabar Image Khabar


लेष्टर सिटीले गर्‍यो विजयी सुरुवात, अर्को खेलमा अगुएरोको ह्याट्रिक


Imagekhabar
३० भाद्र २०७३, बिहीबार १४:१५

लेष्टर सिटीले गर्‍यो विजयी सुरुवात, अर्को खेलमा अगुएरोको ह्याट्रिक

काठमाडौं, भदौ ३० । इंग्लिश प्रिमियर लिग च्याम्पियन लेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पहिलो पटक युरोपियन क्लव फुटबलमा सहभागिता जनाउने अवसर पाएको लेष्टर सिटीले गएराती भएको खेलमा बेल्जीयमको क्लव ब्रुजलाई ३-० ले हरायो ।

बेल्जियममा भएको खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन लेष्टर सिटीका रियाद माहारेजले दुई गोल गरेभने मार्क अल्ब्राईटनले एक गोल गरे ।

जितसँगै लेष्टर सिटीले समुह जी मा अग्रता समेत लिएको छ । यही समुहको अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोलाई डेनमार्कको एफ.सी कोपनहेगनले १-१ गोलको बराबरीमा रोकेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत समुह एफ को खेलमा स्पेनको रियाल मड्रिडले पोर्चुगलको स्पोर्टीङ लिस्बनलाई २-१ ले हराँउदा जर्मनीको बोरुसीया डर्टमण्डले पोल्याण्डको लेजीया वार्सलाई ६-० ले हरायो ।

यसैगरी समुह ई को खेलमा इंग्लण्डको टोटनह्याम हट्सपरलाई फ्रान्सको ए.एस मोनाकोले २-१ ले हराँउदा जर्मनीको बायर लिभरकुजेन र रुसको सि.एस.के.ए मस्कोले २÷२ गोलको बराबरी खेलेका छन् ।

यसैगरी समुह एच को खेलमा फ्रान्सको लियोंले क्रोएशियाको डाइनामो जाग्रेबलाई ३-० ले हराँउदा ईटालीको युभेन्टस र स्पेनको सेभियाले गोलरहित बराबरी खेलेका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती खराब मौसमका कारण स्थगित म्यान्चेस्टर सिटी र बोरुसीया एम्ब्याचबिचको खेल राती सम्पन्न भएको छ ।

म्यान्चेस्टर सिटीको मैदानमा भएको उक्त खेलमा घरेलु टोली सिटी ४-० ले विजयी भएको छ । सिटीका लागि सर्जीयो अगुएरोले ह्याट्रिक गर्दा इहिनाचोले एक गोल थपे ।

प्रतिक्रिया दिनुहोस्