पोखरा, वैशाख ५ । झापा–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लव पोखरामा जारी पाँचौं मनकामना केबलकार पोखरा कप फुटबलकोे सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा झापा–११ लाई १—० गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी अन्तिम चारमा पुगेको हो । खेलको अतिरिक्त समयमा मनाङ मर्स्याङ्दीका विश्वास श्रेष्ठले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो…