पोखरा, वैशाख ६ । विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी पाँचौ मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा सोमबार भएको खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा विमल रानाको एकमात्र गोल नै निर्णायक बन्यो ।खेलको ६१औं मिनेटमा सन्तोष तामाङको फ्रि–किकलाई रानाले हेडमार्फत् गोल…