काठमाडौं, असार १ । पानामालाई हराउँदै चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत समुह डि को खेलमा चिलीले पानामालाई ४–२ ले हरायो । खेलमा चिलीलाई विजयी गराउन ईडुवार्डो भार्गास र अलेक्सिस सान्चेजले दुई–दुई गोल गरे । पराजित टोली पानामाका लागि मिग्वेल कामार्गो र अब्देल अरोयोले एक एक गोल गरे…