Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


राखेपद्वारा सात खेल संघको दर्ता खारेज


0
Shares

काठमाडौं, जेठ ३२ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले परिषदमा हाल दर्ता रहेका विभिन्न सात राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।

नेपाल फुटबल संघ, नेपाल जेनुइन मार्सल आर्ट संघ, नेपाल फ्युजन मार्सल आर्ट संघ, नेपाल खेलकुद योग संघ, नेपाल आर्म रेस्लिङ संघ, नेपाल लागुपदार्थ तथा एड्स संघ तथा नेपाल कर्पोरेट खेलकुद संघको दर्ता खारेज गरिएको हो ।

राष्ट्रिय संघ छानबिन समितिको प्रतिवेदनका आधारमा हाल पहिलो चरणमा यी सात संघको दर्ता खारेज गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।

यी संघ राखेपमा दर्ता गराएयता साधारणसभासमेत नगराउँदै निष्क्रिय रहेकाले खारेज गरिएको उनको भनाइ छ ।

वि.सं. २०७२ पुस २ गते राखेप सदस्य शान्ति सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

राखेपद्वारा गठित उक्त समितिमा खेलकुद विकास विभागका अधिकृत ज्ञानेन्द्र श्रेष्ठ सदस्य र खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत शारङ्गिन निरौला सचिव थिए ।

फुटबल २०६५, जेनुइन २०६६, फ्युजन २०६७, योग २०६८, आर्म रेस्लिङ २०६५, लागुपदार्थ २०५७ तथा कर्पोरेट २०६३ सालमा राखेपमा दर्ता भएका थिए । रासस