काठमाडौं, मंसिर २७ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै १५ सदस्य नेपाली किशोर टोलीको बिदाइ गरिएको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिब केशव बिष्टले खेलाडीहरुलाई बिदाइ गर्दै उमेर समूहको क्रिकेटमा नेपालले राखेको शाखलाई अझ बृद्धि गर्न शुभकामना दिए…