
संकटा क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उपाधि छिनोफानो आइतबार (भोलि) हुनेछ ।
प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी, पाँच विकास क्षेत्र र आयोजक गरी कुल सात टोलीले सहभागिता जनाएका छन् ।
सात टोलीका ९१ जनाभन्दा बढी महिला तथा पुरुष खेलाडीले प्रतियोगिताका विभिन्न ६ तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा च्याम्पियन बन्ने टिमले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
गत वर्ष जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता गरेको संकटाले यस वर्ष पहिलोपटक राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो ।
संकटाले प्रतियोगितालाई अझ बृहतरुपमा आगामी वर्षहरुमा पनि सन्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्