स्पेनिस फुटबलमा सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमान बार्सिलोनाको नाममा छ । शुक्रबार रातिको खेलमा ग्रानाडालाई हराएपछि जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियाल मड्रिडले बार्सिलोनाको कीर्तिमान बराबरी गरेको हो । अब एक खेलमा नहारेमा स्पेनीस फुटबलमा सर्वाधिक लामो अपराजित श्रृंखलाको कीर्तिमान रियाल मड्रिडको नाममा रहनेछ । ग्रानाडाविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ईस्कोले दुई गोल गरे ।…