
बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गर्दै संकटाले फाइनलमा ठाउँ पक्का गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको २६औं मिनेटमा चेतनकुमार थारुले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा संकटाका विदेशी खेलाडी मार्टिनले गोल गरेर खेल बराबरीमा पुर्याए ।
खेलको अन्त्यतिर सुशील केसीले गोल गरेर संकटालाई जिताए । सुशील खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
विहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही–११ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्