काठमाडौं, साउन ३१ । जमैकाका धावक उसेन बोल्टले रियो ओलम्पिकको पुरुष सय मिटर दौडतर्फ स्वर्ण पदक जितेका छन् । आज बिहान भएको फाईनलमा निर्धारित दुरी ९ दशमलव ८१ सेकेण्डमा पुरा गर्दै बोल्टले लगातार तेस्रो पटक ओलम्पिक स्वर्ण जितेका हुन् । यो स्पर्धामा अमेरिकन धावक जस्टिन ग्याट्लीन दोस्रो भए भने क्यानाडका आन्द्रे डे गासे तेस्रो भए…