काठमाडौं, भदौ २२ । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले ग्रान्ड स्लाम टेनिसमा सर्वाधिक खेल जित्ने कीर्तिमान कायम गरेकी छन् । अमेरिकामा जारी यु.एस ओपन टेनिसअन्तर्गत मंगलबार राति भएको खेल जित्दै सेरेनाले ग्रान्ड स्लाम टेनिसमा सर्वाधिक ३ सय ८ खेल जित्ने कीर्तिमान राखेकी हुन् । यसअघि यो कीर्तिमान स्विस टेनिस खेलाडी रोजर फेडेररको नाममा थियो ।…