आगामी पाँच वर्षमा जिल्लाकै उत्कृष्ट खेलमैदान बनाउने लक्ष्यसहित स्थानीयकै पहलमा खेलमैदान निर्माण सुरु भएको हो । गतवर्ष १० लाख रुपैयाँको काम भएको खेलमैदानको निर्माणमा यो वर्ष पनि सांसद विकास कोषको १० लाख र युवा तथा खेलकूद मन्त्रालयको १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँ बढी रकम खर्च गरिने जिरिखिम्ती युवा क्लबका अध्यक्ष श्रीप्रसाद कार्कीले बताए…