Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता सुरु


0
Shares

प्रतियोगिताको दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरिन् ।

उद्घाटनको क्रममा राष्ट्रपति भण्डारीले खेलकूदमा पूर्वाधार विकास र भूकम्पले क्षति पुर्‍याएका खेल मैदानको छिटो पुनर्निमाण गर्न नवर्निवाचित जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा फुटबल, क्रिकेट, एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुगरी ८ खेल समावेश गरिएको छ । सबै खेलमा पाँच विकास क्षेत्रबाट कुल ७ सय १० खेलाडीले सहभागीता जनाएका छन् ।

क्रिकेटमा छात्र टोलीमात्र सहभागी हुनेछन् भने अन्य सबै खेलमा छात्राहरुको टोलीपनि सहभागि हुने भएका छन् ।

एथ्लेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित कभर्डहल, कबड्डी कीर्तिपुर, तेक्वान्दो पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङ, कराते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट कीर्तिपुर क्रिकेट मैदानमा खेलाइनेछ ।

प्रतियोगिताको च्याम्पियन टिमले २५ हजार, दोस्रो हुनेले २० हजार तथा तेश्रो हुने टोलीले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।