विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएपनि त्यसको डेढ वर्षमै प्रतियोगिता आयोजना गर्न सकेकोमा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई धन्यवाद दिइन् । खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले विद्यालयस्तरदेखि नै महत्व दिनसके खेलकुदको विकास हुने…