यो सिजन खराव प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिड गएराति भएको खेलमा बेटिससँग १–० ले पराजित भयो । घरेलु मैदान बर्नाबेउमा भएको खेलको इन्जुरी समयको अन्तिम मिनेटमा बेटिसका २१ वर्षे खेलाडी सानाब्रयाले गोल गर्दै रियल मड्रिडलाई पराजित गरेका हुन् । घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेको…