
लेष्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डीले पहिलो गोल गरे ।
यसपछि लेष्टरका डेमाराई ग्रेको प्रहार एभर्टनका डिफेन्डर केनीलाई छुँदै जाली चुम्न पुगेपछि लेष्टर सिटी २-० ले विजयी भएको हो ।
लेष्टर सिटी र एभर्टन दुबै टोली नयाँ प्रशिक्षकका साथ मैदानमा उत्रेका थिए ।
अघिल्लो साता मात्रै एभर्टनले रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर डेभिड अन्सवर्थलाई कार्यवाहक जिम्मेवारी दिएको थियो ।
उता लेष्टर सिटीले पनि यसै साता प्रशिक्षक क्रेग सेक्सपियरलाई बर्खास्त गरेर क्लाउड पुयोललाई जिम्मेवारी दिएको थियो ।
प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राती भएको अर्को खेलमा ब्राईटनले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्