दूधे खेल मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै सशस्त्रले फाइनलमा ठाउँ बनाएको हो । सशस्त्रका सरोज कोइरालाको आत्मघाती गोलबाट खेलको १६औं मिनेटमै हिमालयनले अग्रता लिएपनि निरन्तरता दिन नसक्दा पराजय व्यहोर्नुपर्यो । हिमालयनका विदेशी खेलाडी आबाको लामो पासमा बीके लामाले हेडमार्फत् गोल गर्न खोज्दा सशस्त्रका गोलरक्षकको हातबाट बल फुत्किएको थियो…