Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


सगरमाथा क्षेत्रमा स्काई डाइभिङ गर्न सफल ११ जना खेलाडी सम्मानित


0
Shares

काठमाडौंस्थित मोरक्कोको कन्सुलेटले गरेको कार्यक्रममा पर्यटनमन्त्री जितेन्द्रनारायण देवले साहसिक खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

मोरक्कोको ‘ग्रीन मार्च डे’को अवसर पारेर सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा गत नोभेम्बर ३ र ४ मा नेपाल, मोरक्को, बेलायत, अमेरिकालगायत ११ देशका खेलाडीहरुले स्काई डाइभिङ गरेका थिए ।

जर्मनीको स्पेसल कमान्डो फोर्समा कार्यरत् नेपाली महिला सुजिता शाही सम्मिलित टोलीमा मोरक्कोका आनस बेकाली, युएईका ओमार अलेगेलान, फ्रान्सका पउल अन्री डे बायरलगायतका विश्व च्याम्पियन एवं कीर्तिमानधारी डाइभरहरु सहभागी थिए ।

टोलीले सगरमाथा क्षेत्रमा २३ हजार फिटको उचाईबाट स्काई डाइभिङ गरेको थियो ।

नेपालमा एभरेस्ट स्काईडाइभ सुरु भएको १० वर्ष पुगेको अवसर पारेर यो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दिल्लीस्थित मोरक्कन दूतावासका डीसीएम हसन अलावी मोस्तेफी, नेपालका लागि मोरक्कोका अवैतनिक दूत बसन्त चौधरी, साहारा युकेका अध्यक्ष नवीन गुरुङलगायतले खेलाडीहरुलाई सम्मान गरेका थिए ।