बुधबार राती जर्मनीको डर्टमण्डमा भएको खेलमा घरेलु टोली १-० ले विजयी भएको हो । खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरेका हुन् । जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गरेका हुन् । जर्मनीको जितसँगै इंग्लण्डका अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो हार व्यहोरेका छन् । यसअघिका चार खेलमा साउथगेट अपराजित…