काठमाडौं । नेपाली क्रिकेट टोली त्रिकोणात्मक टी–२० श्रृंखला खेल्न हङकङ प्रस्थान गरेको छ । बिहीबार राति हङकङ गएको टोलीले त्यहाँ रहँदा हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक श्रृंखला खेल्नेछ । नेपालले भोलि हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखलाको खेलमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग भिडत हुनेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।…