काठमाडौं । नेपाल यू-२० पुरुष भलिबल टोलीलाई बिदाई गरिएको छ । श्रीलंकामा हुन लागेको पुरुष यू-२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो । नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरेका हुन् । राष्ट्रिय खेलकुद…