काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको खेलमा नेपाल आर्मी ६ विकेटले पराजित भएको हो । नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो । पुलिसका लागि कुशल भुर्तैलले सबैभन्दा धेरै ६१ रन…