Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


एएफसी एसियन कप फुटबल: नेपालले आज भियतनामसँग सामना गर्दै


377
Shares

काठमाडौं । एएफसी एसियन कप फुटबलको छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा भियतनामसँग सामना गर्ने भएकाे छ।

साेही खेल भियतनाममा नेपाली समय अनुसार बिहीबार साँझ सवाँ ६ बजेदेखि शुरु हुने भएकाे हाे। यसअघि लाओस र मलेसियासँग पराजित भएको नेपालका लागि यो खेल पुनरागमनको अवसर हुने भएकाे छ। घरेलु रंगशाला नहुँदा होम एन्ड अवेका दुवै खेल भियतनाममा खेल्न लागेको नेपाल जितविहीन यात्राको अन्त्य समेत गर्ने योजनामा रहेकाे छ।

नेपाली फुटबल टिम एएफसी एसियन कपको छनोट खेल्न तयार छ। प्रशिक्षक म्याट रसले बंगलादेशसाग खेलेको टिममा ६ परिवर्तन गरेका छन । यसअघि अन्डर २३ टिममा रहेका खेलाडी समेत सिनियर टिममा फर्किएपछि नेपाली टिम राम्रो तयारी गरेर भियतनाम गएको हो। तर, अहिले नेपाली टिममा उत्साह र आत्मविश्वासको कमी रहेकाे छ।

पहिलो खेलमा मलेसियासँग २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २-१ को हार ब्यहोरेको थियो।