काठमाडौं । टि–ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा अहिले नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स भिडिरहेका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्डले नेपाललाई २२३ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो । आयरल्यान्डका पिटर मूरले ४९, केड…