प्रि–सिजन टुरकाक्रममा यसअघि खेलेका सबै खेलमा विजयी भएको बार्सिलोना शुक्रबार जिम्नास्टिकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिँदै मैदानमा उत्रिएको बार्सिलोनाविरुद्ध मानु बरेइरोले गोल गरेपछि ११औं मिनेटमा जिम्नास्टिकले अग्रता लिएको थियो । ७९औं मिनेटमा पाको अल्कासेरले फ्रि–किकमार्फत् उत्कृष्ट गोल गरेपछि बार्सिलोनाले खेलमा बराबरी गरेको हो ।