Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


फ्रेन्च लिग वानमा मोनाकोले बनायो जितको कीर्तिमान

शुक्रबार राति भएको खेलमा मोनाकोले मेट्जलाई १–० गोलअन्तरले पराजित गरेको हो । मोनाकोको जितमा राडामेल फालकाओले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यो सिजनमा लगातार तीन खेल जितेको मोनाकोले अघिल्लो सिजनको पछिल्ला १२ खेलमा शतप्रतिशत नतिजा निकालेको थियो । लिग वानमा लगातार १५ खेल जित्ने मोनाको पहिलो क्लव भएको छ ।