
शुक्रबार राति भएको खेलमा मोनाकोले मेट्जलाई १–० गोलअन्तरले पराजित गरेको हो । मोनाकोको जितमा राडामेल फालकाओले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
यो सिजनमा लगातार तीन खेल जितेको मोनाकोले अघिल्लो सिजनको पछिल्ला १२ खेलमा शतप्रतिशत नतिजा निकालेको थियो ।
लिग वानमा लगातार १५ खेल जित्ने मोनाको पहिलो क्लव भएको छ ।
प्रतिक्रिया दिनुहोस्