Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


ओलम्पियन गौरिकाले जितिन् पाँच कीर्तिमानसहित ६ स्वर्णपदक


0
Shares

ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सबै विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् । प्रतियोगितामा उनले ६ स्पर्धामा प्रतिस्पर्धा गरेकी थिइन् ।

बिहीबार भएको पहिलो प्रतियोगितामा गौरिकाले २ स्वर्ण जितेकी थिइन् । शुक्रबार भएको दोस्रो तथा अन्तिम खेलमा उनले ३ कीर्तिमानसहित ४ स्वर्णपदक हात पारेकी हुन् ।

उनले सय मिटर फ्रिस्टायल, सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितिन् भने चार गुणा सय मिटर मिक्स फ्रि रिलेमा त्रिभुवन आर्मीका अनुभव सुब्बा, दिलप्प थापामगर र ओसिना भारतीसँग मिलेर स्वर्ण जितिन् ।

उनले पहिलो दिन दुई सय मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

उनले रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीकारुपमा सहभागिता जनाएकी थिइन् ।

विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पुरस्कार प्रदान गरे । रासस