Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’


0
Shares

काठमाडाैं ।
नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ ।

कम्पनीले बेलायतमा बचत र क्रेडिट सेवा तथा १०० भन्दा बढी गन्तव्यका लागि डेटा ई–सिम सेवा सुरु गरेको छ । पूर्ण रूपमा नयाँ स्वरूपमा तयार पारिएको एप र ‘एम्बिसन ह्याज नो पासपोर्ट’ अर्थात् ‘महत्वाकाङ्क्षालाई पासपोर्ट चाहिँदैन’ नामको नयाँ विश्वव्यापी ब्रान्ड पनि सार्वजनिक गरिएको छ ।

एक वर्षअघि गत कात्तिकमा लेम्फीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरी नेपालमा रेमिट्यान्स सेवा सुरु गरेको थियो । लेम्फीमार्फत बुधबार जारी विज्ञप्तिअनुसार रेमिट्यान्स पठाउने सेवासँगै लेम्फीले एउटै खातामा विभिन्न वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ ।

जसअन्तर्गत एउटै खातामार्फत बचत, कर्जा र कनेक्टिभिटी सेवा उपभोग गर्न सकिने तथा अफ्रिका, एसिया, युरोप र अन्य क्षेत्रका ३० भन्दा बढी देशमा पैसा पठाउन सकिने सुविधा रहेको छ । ई–सिमको प्रयोगले अर्को देशमा जाँदा सिम फेर्नुपर्ने वा रोमिङ शुल्क तिर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने लेम्फीले दाबी गरेको छ ।

लेम्फीले बेलायतलाई लक्षित गर्दै इन्स्ट्यान्ट एक्सेस सेभिङ्स अकाउन्टसमेत सञ्चालनमा ल्याएको छ। यसमा खाता खोलेको छ महिनासम्म ५ प्रतिशत र त्यसपछि बैंक अफ इङ्ग्ल्यान्डको आधार दरअनुरूप ३.०४ प्रतिशत वार्षिक ब्याजदर प्राप्त गर्न सकिन्छ ।

लेम्फीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिद्वान ओलालेरेले ‘एम्बिसन ह्याज नो पासपोर्ट’ ब्रान्ड प्रवासी व्यक्तिहरूको आवश्यकता र जीवनशैलीलाई सम्बोधन गर्ने गरी निर्माण गरिएको बताएका छन् ।

Skip This