काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान पौने १२ बजेबाट शुरु हुनेछ । यसअघिका तीन खेल जितिसकेको नेपाल एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि नेपालले कतार, मलेसिया र हङकङलाई पराजित गरेको थियो । समूह एमा नेपालसँगै साउदी…