काठमाडौं । नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । चार टोली सहभागी प्रतियोगिताको लिगमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले दुई खेल जित्यो । लिगमा न्यु डायमण्ड तेस्रो र त्रिभुवन आर्मी चौथो स्थानमा रह्यो । अब यी दुईले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछ…