काठमाडौं । आइभोरी कोष्ट र केप भर्डे अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको राउन्ड अफ सिक्सटिनको खेलमा साविक विजेता सेनेगललाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक आइभोरी कोष्ट क्वाटरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा एक एक गोलको बराबरी भएपछि अतिरिक्त समय हुँदै खेल टाइ ब्रेकरमा पुगेको हो…