काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस/रिसवत लिएको आयोगको दाबी छ…