
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस/रिसवत लिएको आयोगको दाबी छ ।
पाण्डेविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्