सविना अछामे, खाेटाङ । कुटपिटबाट खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको भदौ ११ गते राती कुटपिटबाट मृत्यु भएको हो । उक्त विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार तीन दिन विद्यालय बिदा भएकाले सङ्खुवासभा पुगेर फर्किने भन्दै राई बिहीबार गाउँबाट हिडेका…