काठमाडाैं ।समान हक र समान अवसरका लागि एकीकृत आन्दोलन, समाजवादको आधार निर्माणका लागि संविधान संशोधन भन्ने मूल नाराका साथ शनिवार काठमाडौंको माईतीघरमा ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको उक्त ध्यानाकर्षण सभामा दलित समुदायका अधिकारकर्मी, राजनीतिक नेता र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो…