Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


ललितपुरको कुम्भेश्वर मन्दिरमा भक्तजनकाे भीड


104
Shares

काठमाडाैं। जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ।

शुक्रबार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा गर्ने र मेला भर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको हाे । धार्मिक एवं साँस्कृतिक महत्व बोकेको यस पर्वका अवसरमा कुम्भेश्वर महादेवको दर्शन गर्न र त्यहाँस्थित पवित्र कुण्डमा स्नान गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा दर्शनार्थीहरू पुगेका छन् ।

पौराणिक मान्यताअनुसार रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरूले कुम्भेश्वरको कुण्डमा स्नान गर्दा गोसाइँकुण्डकै बराबर पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ। मेलालाई व्यवस्थित बनाउन र दर्शनार्थीहरूको सहजताका लागि स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थाका स्वयंसेवकहरूले सहजीकरण गरिरहेका छन् ।

बिहानैदेखि शुरु भएको भक्तजनको चहलपहल मन्दिर परिसरमा दिनभर रहने देखिन्छ । जनैपूर्णिमाको यस विशेष दिनमा नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने परम्पराअनुसार मन्दिर परिसरमा व्राह्मणहरूबाट रक्षाबन्धन ग्रहण गर्नेहरूको समेत बाक्लो घुइँचो लागेको हाे।

Skip This