प्रकाश भट्ट, कञ्चनपुर । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ जिल्लाका विभिन्न सरकारी तथा अन्य कार्यालयमा कार्यरत सुदूरपश्चिमका १३७ जना अझै सम्पर्कविहीन रहेका छन्।
सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार सम्पर्कविहीनमध्ये १४ जना महिला र १२३ जना पुरुष छन्।
पछिल्लो विवरणअनुसार कैलालीका ६ महिला र ५७ पुरुष गरी ६३ जना, कञ्चनपुरका १ महिला र ३० पुरुष गरी ३१ जना, डडेल्धुराका ११ पुरुष, बैतडीका १ महिला र ७ पुरुष, दार्चुलाका ३ पुरुष, बझाङका २ पुरुष, बाजुराका ५ महिला र ९ पुरुष, अछामका २ पुरुष तथा डोटीका १ महिला र २ पुरुष सम्पर्कविहीन रहेका छन्।
यसैबीच, बाढीपछि सम्पर्कविहीन रहेकामध्ये ३४ जना सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये २ जना महिला र ३२ जना पुरुष रहेका छन्। सम्पर्कमा आएकामध्ये कैलालीका १९ पुरुष, कञ्चनपुरका १ महिला र ८ पुरुष गरी ९ जना तथा डडेल्धुराका १ महिला र ५ पुरुष गरी ६ जना रहेका छन्।
सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी जानकारी संकलन तथा खोजी कार्य भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्